२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सिरहामा प्रहरीले गोली चलाएर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् ।
उनको खुट्टामा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको हो । नवराजपुर गाउँपालिका–४ मा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी खटिएको थियो । सो क्रममा कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि गोली चलेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएकालाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनीहरूको साथबाट प्रहरीले प्लास्टिकसहित १२२.८० ग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषध बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij