२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार शेयर बजार घटेर बन्द भएको छ । आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ८. ३० अंकले घटेर २,६५३ को विन्दुमा कायम भएको छ ।
आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ ।
अघिल्लो दिन बैंकिङ समूह सबैभन्दा धेरै २ प्रतिशत बढेकोमा आज फाइनान्समा आकर्षण देखिएको छ । बजार परिसूचक ०.३१ प्रतिशत घट्दा पनि फाइनान्स १.०६ प्रतिशत बढ्यो । त्यस्तै जलविद्युत् ०.१६, माइक्रोफाइनान्स ०.१५, व्यापार ०.५२ प्रतिशत बढेको छ ।
विकास बैंक जम्मा ०.२९ अंक हरियो रह्यो । बैंकिङ आज ०.९६ प्रतिशत घटेको छ । होटल तथा पर्यटन ०.३८, लगानी ०.६२, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.४४, निर्जीवन बीमा ०.०२ तथा अन्य समूह ०.१३ प्रतिशत घटेको छ ।
चार कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स र नेपाल फाइनान्स छन् । त्यस्तै खानीखोला हाइड्रोपावरको ११.६३, उपकार लघुवित्तको १०.७९, माइखोलाको ५.३७ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै एग्रिकल्चर बन्डको कारोबार भएको छ । आज यसको ४३ करोड माथिको कारोबार भएको छ । केबिएल डिबेञ्चरको ३९ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । एनआरएनको १७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij