Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्राविधिक समस्यापछि राष्ट्रिय सभाको बैठक स्थगित

प्राविधिक समस्यापछि राष्ट्रिय सभाको बैठक स्थगित


  • 1.1K
    Shares

    प्राविधिक समस्यापछि राष्ट्रिय सभाको बैठक स्थगित
    images

    काठमाडौं । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक केही बेरलाई स्थगित गरिएको जानकारी दिए । 

    १७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि बैठक स्थगित गरिएको हो । अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको प्रवक्ता गिरीले जानकारी दिए । 

    उनले प्राविधिक समस्या समाधान भए लगत्तै बैठक सुरु हुने जानकारी दिए । आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरू बारेको सन्देश टेबुल गर्ने, विनियोजन विधेयकमाथिको छलफल गर्ने विषय कार्यसूचीमा छन् ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १४:१७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij