Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संवैधानिक परिषद्को बैठक बस्दै

संवैधानिक परिषद्को बैठक बस्दै


  • 1.4K
    Shares

    संवैधानिक परिषद्को बैठक बस्दै
    images

    काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने भएको हो ।

    बैठकमा सवैधानिक निकायको रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिएका छन् ।

    हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ ।   

     

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १४:१०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij