Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वसांसद लक्ष्मी महतो कोइरी जेल चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जेल चलान


  • 1.3K
    Shares

    पूर्वसांसद लक्ष्मी महतो कोइरी जेल चलान
    images

    काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ लाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।

    अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिएका छन् ।

    दोस्रो मधेश आन्दोलनको बेला २०८२ मा सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाइ दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १४:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij