Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

चिनियाँ प्रहरीको नियन्त्रणबाट दुई नेपाली युवा छुटे

चिनियाँ प्रहरीको नियन्त्रणबाट दुई नेपाली युवा छुटे


  • 988
    Shares

    • images
    चिनियाँ प्रहरीको नियन्त्रणबाट दुई नेपाली युवा छुटे
    images

    काठमाडौं । काठमाडौंबाट चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवा रिहा भएका छन् । चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मा लगाएका हुन् ।

    असार १२ मा काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई चीनसँग सीमा जोडिएको लप्ची क्षेत्रबाट चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । उनीहरू काठमाडौंबाट घुम्न भनेर बिगु हुँदै लाप्ची पुगेका हुन् । ड्रोन उडाएको आरोपमा पक्राउ गरेको भनिएपछि उनीहरूले ड्रोन नउडाएको नेपाली अधिकारीहरूसँग बताएका छन् ।

    चीनको क्षेत्रमा प्रवेश गरेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको चिनियाँ सुरक्षाकर्मीहरूले नेपाली अधिकारीहरूलाई बताएका छन् । ७ दिन न्यालम काउन्टीमा राखेर उनीहरूलाई शुक्रबार रिहा गरिएको हो । 

      

    images
    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १३:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij