Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

माउण्ट एभरेष्ट पावरको आइपीओ रिजल्ट यसरी हेनुहोस्

माउण्ट एभरेष्ट पावरको आइपीओ रिजल्ट यसरी हेनुहोस्


  • 1.4K
    Shares

    माउण्ट एभरेष्ट पावरको आइपीओ रिजल्ट यसरी हेनुहोस्
    images

    काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आइपीओ आज बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो।

    कम्पनीले सर्वसाधारणका लागि गत असार ३ गतेदेखि असार ८ गतेसम्म आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख २७ हजार ६०० कित्ता जारी गरेको थियो।

    उक्त आइपीओमा २८ लाख ६२ हजार ९०९ आवेदकबाट ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयर माग भएको छ। त्यसमध्ये २८ लाख १५ हजार ६७९ आवेदकबाट माग भएको ३ करोड १ लाख १९ हजार ८८० कित्ता शेयर सदर भएको थियो।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी १ लाख ४२ हजार ७६० आवेदकले १० कित्ताका दर पाएका छन्। यो हिसाबले सदर आवेदकमध्ये २६ लाख ७२ हजार ९१९ आवेदकको हात खाली भएको छ।

    कम्पनीको आइपीओ रिजल्ट सिडिएसको वेवसाईट https://iporesult.cdsc.com.np/ क्यापिटलको वेवसाईट https://iporesult.cdsc.com.np/  मार्फत हेर्न सकिनेछ ।

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १३:०४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij