Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दृष्टिविहीनहरु आज पनि आन्दोलनमा

दृष्टिविहीनहरु आज पनि आन्दोलनमा


  • 1.2K
    Shares

    दृष्टिविहीनहरु आज पनि आन्दोलनमा
    images

    काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरुले १२ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रवार माईतीघर मण्डलामा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन् । 

    दृष्टिविहीनहरुको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरुले मिाईतीघरमा प्रदर्शन गर्दै आएका छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरु सरकारले व्यवसाय गर्न नदिएको बताएका छन् । 

    सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरुको माग छ । माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने उनीहरुको भनाइ छ । 

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १२:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij