Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बञ्चरेडाँडामा जाने फोहोर घटाउन १० वडाबाटै वर्गीकरण सुरु

बञ्चरेडाँडामा जाने फोहोर घटाउन १० वडाबाटै वर्गीकरण सुरु


  • 1.4K
    Shares

    बञ्चरेडाँडामा जाने फोहोर घटाउन १० वडाबाटै वर्गीकरण सुरु
    images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।

    कामपा वातावरण विभागका प्रमुख सरिता राईले बञ्चरेडाँडा फोहर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताइन् ।

    महानगरपालिकाले वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन अघि बढाएको छ । प्रमुख राईका अनुसार, स्रोतमै फोहर व्यवस्थापनपछि हाल कामपाबाट दैनिक १५ ट्रक मात्रै फोहर बञ्चरेडाँडामा लगिँदै गरिएको छ । यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक २० ट्रकसम्म फोहर पठाइने गरिएको थियो ।

    महानगरपालिकाभित्र सात क्षेत्रबाट दैनिक रुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु भएपछि करिब तीन दशमलव १९ मेट्रिक टन फोहर घटेको उनले बताइन्  ।

    घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न पनि महानगरपालिकाले सात क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाइने जनाएको छ । फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइ वर्गीकरणबाट फोहरको मात्रा घटाउने, पुनःप्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढाइएको हो ।

    सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरी वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन र ढुवानी गर्ने कार्यविधि जारी गरिएको थियो ।  

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १२:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij