Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क बढ्यो

दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क बढ्यो


  • 1.0K
    Shares

    दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क बढ्यो
    images

    काठमाडौं । दक्षिण कोरिया जाने तयारीमा रहेका नेपाली कामदारहरूका लागि भिसा शुल्क वृद्धि भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ई.पि.एस.कोरिया शाखाले एक सूचना जारी गर्दै भिसा शुल्कमा ६०० रुपैयाँ वृद्धि गरिएको जानकारी दिएको हो ।

    यसअघि भिसा शुल्क बापत १० हजार ७०० रुपैयाँ बुझाउँदै आएकोमा अबदेखि कामदारले ११ हजार ३०० रुपैयाँ बुझाउनु पर्ने भएको छ । नेपालस्थित कोरियन राजदूतावासको १ जुलाई २०२६ को पत्रानुसार यो नयाँ शुल्क कायम गरिएको शाखाले जनाएको छ ।

    ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरिसकेका व्यक्तिहरूले ईपीएस कार्यालयमा स्वयं उपस्थित भई फाराम बुझाउँदा नयाँ तोकिएको शुल्क बुझाउनु पर्ने भएको छ ।

    ईपीएस शाखाले भुक्तानी गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। भूलवश वा प्राविधिक कारणले एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा उक्त रकम कुनै पनि हालतमा फिर्ता नहुने शाखाले स्पष्ट पारेको छ।

    738303625_1072260668457448_6192027502883155434_n_RyTx8ARh3r.png

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १२:०४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij