Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बालेन शाह नेतृत्वको सरकारले शनिबार सार्वजनिक गर्दै १०० दिने उपलब्धि

बालेन शाह नेतृत्वको सरकारले शनिबार सार्वजनिक गर्दै १०० दिने उपलब्धि


  • 1.7K
    Shares

    बालेन शाह नेतृत्वको सरकारले शनिबार सार्वजनिक गर्दै १०० दिने उपलब्धि
    images

    काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

    बालेन नेतृत्वको सरकारले २०४८ पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट स्ववियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौंका पहुँचवाला कर्मचारी विस्थापन, कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलव्धिका रुपमा समेटेको बताइएको छ । 

    सरकारले केही सकारात्मक कामको सुरुवात गरेपनि विकल्पविनै सुकुम्वासी हटाउने, विना तथ्य र प्रमाण उद्यमी व्यवसायीहरूलाई दुख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साँधेर विभिन्न मुद्दा लगाएको, शिक्षालगायतमा कर थपेको, महँगी नियन्त्रण गर्न नसकेको, गरिखाने वर्गका लागि ठोस योजनाहरू ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ ।

    जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो । सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले सय दिनमा गर्ने कामहरूको सुची सार्वजनिक गरेको थियो ।

    प्रकाशित मिति :आषाढ १९ २०८३ शुक्रवार - १०:५१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij