Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

एमालेका पूर्वसांसद कोइरी पक्राउ

एमालेका पूर्वसांसद कोइरी पक्राउ


  • 1.3K
    Shares

    एमालेका पूर्वसांसद कोइरी पक्राउ
    images

    काठमाडौं ।  एमालेका पूर्वसांसद लक्ष्मी महतो ‘कोइरी’ बिहीबार पक्राउ परेका छन्।

    उनलाई महोत्तरीको गौशाला-५, एमाले पार्टी कार्यालय अगाडिबाट साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पन्चलाल गोलेले जानकारी दिए।

    असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार मात्रै ५ वर्ष कैद सजाय सुनाएको थियो। उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्षको कैद सजाय सुनाएको हो।

    यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाइ दिने फैसला गरेको थियो। बुधबार उच्च अदालतका मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर कोइरी र कापरलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको हो।

    त्यसै गरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएका शर्मा, राय, मिश्र र पाण्डेको हकमा जिल्ला अदालतको फैसला उल्ट्याएर ५ वर्षमात्रै कैद सजाय हुने फैसला उच्च अदालतले गरेको छ।

    यसअघि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ। जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो।

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - २०:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij