Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्वनमा परेको होइनः सरकार

वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्वनमा परेको होइनः सरकार


  • 1.2K
    Shares

    वर्तमान सरकारको हस्तक्षेपले मात्रै एन्फा निलम्वनमा परेको होइनः सरकार
    images

    काठमाडौं । नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै एन्फाका पदाधिकारीहरू विश्वकपमा जान पाउँछन् सरकारले फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र नभएको बताएको छ । 

    बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो बताएका छन्। यसअिघका सरकारले विभिन्न समयमा विभिन्न चरणका हस्तक्षेप भएका कारण यो अवस्था आएको दाबी गरेका छन् । 

    नेपाली फुटबल अब यो भन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने जिकिर गरेका छन् । उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू धेरै परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको स्पष्ट पारेका छन् । एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने बताएका छन् ।

    फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरु आएपछि विस्तृत छलफल गरिने बताएका छन् । नेपालको फुटबललाई जसरी भएपनि माथि उठाउने अठोट अहिलेको सरकारको रहेको र अब बन्ने एन्फामा राजनीतिक आधारमा नभइ नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना रहेको बताएका छन् ।  

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १७:४९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij