२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो ।
यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो ।
बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय गरेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij