Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

राप्ती पुलमा झुण्डिएर आत्महत्या गर्न खोजेको युवक नदीमा खसे, जीवितै उद्धार

राप्ती पुलमा झुण्डिएर आत्महत्या गर्न खोजेको युवक नदीमा खसे, जीवितै उद्धार


  • 1.8K
    Shares

    राप्ती पुलमा झुण्डिएर आत्महत्या गर्न खोजेको युवक नदीमा खसे, जीवितै उद्धार
    images

    काठमाडौं । दाङको देउखुरीस्थित राप्ती पुलमा आत्महत्या प्रयास गरेका एक युवा पासो फुस्केर नदीमा खसेपछि माछा मार्नेले उद्धार गरी प्रहरीलाई बुझाएका छन् ।

    राप्ती गाउँपालिका-४ मौरीघाट निवासी वर्ष ३० का हेमन्त गिरी भालुवाङस्थित राप्ती पुलमा ट्रयाकसुटको पासो लगाई आत्महत्या गर्न खोज्दा पासो फुस्केर पुलबाट नदीमा खसेका थिए ।

    नदीमा खसेका गिरीलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले जानकारी दिएका छन् ।

    पुलबाट नदीमा खसेको देख्नासाथ माछा मार्नेहरूले सकुशल उद्धार गरी प्रहरीलाई जानकारी गराए थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेटक्वाटर ज्वालामाईगणबाट खटिएको प्रहरी टोलीले समेत उद्धार गरी भालुवाङ अस्पताल पुर्‍याएको थियो ।

    घाइते गिरीको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ । घाइते गिरीले किन आत्महत्याको प्रयास गरेका हुन् भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १४:५५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij