Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णालीमा गाडी दुर्घटना: एक जनाको शव फेला, बेपत्ताहरूको खोजी जारी

कर्णालीमा गाडी दुर्घटना: एक जनाको शव फेला, बेपत्ताहरूको खोजी जारी


  • 1.9K
    Shares

    कर्णालीमा गाडी दुर्घटना: एक जनाको शव फेला, बेपत्ताहरूको खोजी जारी
    images

    काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

    सुर्खेतबाट कालिकोट जाँदै गरेको क‍.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान ११ः ३० बजे अनियन्त्रित भई करिब ६००-७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो।

    दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली परिचालन गरिएको छ।

    दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। उक्त शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरी सडकतर्फ ल्याउने प्रयास गरिरहेको छ।

    गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै यकिन हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी छ।

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १४:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij