२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेशका नेता दिपकजंग ठाकुरलाई निलम्बन गरेका छन् । ठाकुरले पार्टी सिद्धान्त, नीति विपरीत कार्य गरेको भन्दै अध्यक्ष साम्पाङले निलम्बन गरेका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, अनेकन सामाजिक समस्याहरू रही आएकोले मधेश प्रदेशका दिपकजंग ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरिएको जानकारी गराउँदछु । अर्को जानकारी नआउन्जेल निजसँग पार्टी सम्बन्धित कुनै क्रियाकलाप नगर्नु नगराउनु होला,।
पार्टीले निलम्बन गरेपछि ठाकुरले सामाजिक सञ्जाल मार्फत नै अध्यक्ष साम्पाङको निर्णयको विरोध गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij