Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्री र सांसदहरूलाई साइकलको व्यवस्था गर्न नेकपा सांसद विश्वकर्माको प्रस्ताव

मन्त्री र सांसदहरूलाई साइकलको व्यवस्था गर्न नेकपा सांसद विश्वकर्माको प्रस्ताव


  • 1.1K
    Shares

    मन्त्री र सांसदहरूलाई साइकलको व्यवस्था गर्न नेकपा सांसद विश्वकर्माको प्रस्ताव
    images

    काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरुको सवारी साधनका लागि साईकलको व्यवस्था गर्नुपर्ने प्रश्ताव गरेका छन् ।

    सरकारले अर्बौंको गाडीहरु खरिद गर्न लागेको समाचार बाहिर आएको उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरु र सांसदहरु पनि जेनजी पुस्ताका भएकाले उनीहरुका लागि साईकलको व्यवस्था गर्न उपयुक्त हुने जिकिर समेत गरेका छन् । 

    बिहीवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाउनेहरुले फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । उनले नागरिक सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था रहेको बेला सरकारले पनि सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

    सांसद विश्वकर्माले भने,‘ सुशासनको बैशाखीमा अडिएको हाम्रो सरकारले अर्बौंको गाडीहरु किन्दैछ भन्नेकुराहरु आईराखेको छ । अर्बौैंको गाडीहरु जलाएर खरानी बनाएको छ । र फेरि अर्बौंको गाडी किन्दैछ भन्ने खवरले सनसनी पैदा गराएको छ । आज सुकुम्बासीहरु खाना नपाएर तडपी रहेका छन । सिटामोल नपाएर मर्नु परिराखेको छ । ओत लाग्न नपाएर विरामी परिरहेका छन । यो अवस्थालाई नहेरेर आफ्नो सुखसयल र मनोरञ्जनका लागि गाडी खरिद गर्दैछ । यो बिडम्बना हो ।    

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १३:५५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij