Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरुलाई प्रहरीले बाटोमा नै रोक्यो

सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरुलाई प्रहरीले बाटोमा नै रोक्यो


  • 1.2K
    Shares

    सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरुलाई प्रहरीले बाटोमा नै रोक्यो
    images

    काठमाडौं । माईतीघरबाट सिंहदरबार घेराउ गर्न हिँडेका दृष्टिविहीनहरुलाई प्रहरीले बाटोमा नै रोकेको छ । लामो समयदेखि माईतीघरमा धर्ना दिएर बसेका दृष्टिविहीनहरु बिहीवार सिंहदरबार घेराउ गर्ने तयारीमा थिए । तर उनीहरुलाई प्रहरीले बीच बाटोबाट नै फर्काइदिएको हो । 

    दृष्टिविहीनहरुको माग सम्बोधन गर्न दबाब दिन उनीहरुले सिंहदरबार घेराउको रणनीति बनाएका थिए । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरु सरकारले व्यवसाय गर्न नदिएको भन्दै ११ दिनदेखि धर्ना दिइरहेका छन् । 

    सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरुको माग छ ।

    माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृष्टिविहीन साधन सुब्बाले बताएका छन् । उनले बुधवार नेकपा एमालेको पार्टी कार्यलय अगाडी धर्ना दिएको पनि जानकारी दिएका छन् । आफूहरुको मागमा एमालेले ऐक्यवद्धता जनाएपनि धर्ना सहज रुपमा गर्न नदिएको उजको गुनासो छ ।

    उनले एमालेको पार्टी कार्यलयमा दिएको धर्ना भने सफल भएको बताएका छन् । एमालेले आफूहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिएका छन्।  

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १३:४८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij