२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मुग्लिन-नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान ११:४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका-६ स्थित पानीधारा भन्ने स्थानमा पहिरो खसेको हो ।सडक दुवैतर्फ ठप्प भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।
ट्राफिक प्रहरीले उक्त सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालक तथा यात्रुहरूलाई सडक सुचारु नभएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij