२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आफ्नो सरकारी निवास परिसरभित्रै हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो। त्यसलगत्तै ट्राफिक प्रहरी अधिकारीहरू मुख्यमन्त्री निवासमै पुगेर ५०० रुपैयाँ जरिवानाको चिट थमाएका हुन्।
उक्त चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ। मुख्यमन्त्री शाह कारबाही भोगेपछि मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको बताएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै उनले भने, म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु। कानुन सबैका लागि समान हुनुपर्छ। ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन। कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ।
पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा भेदभाव हुन नहुने भन्दै उनले सबै नागरिकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका छन्। मुख्यमन्त्री शाहले हेलमेटबिना बाइक चलाएको यो दृश्य उनका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटक अकाउन्टबाट सार्वजनिक गरेका थिए।
केही समययता स्वास्थ्य समस्याका कारण दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझपख मोटरसाइकल चलाइरहेको अवस्थामा भेटिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी र आलोचना बढेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij