Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

भरुवा बन्दुक देखाएर धाकधम्की दिएको आरोपमा दुई युवा पक्राउ

भरुवा बन्दुक देखाएर धाकधम्की दिएको आरोपमा दुई युवा पक्राउ


  • 1.2K
    Shares

    भरुवा बन्दुक देखाएर धाकधम्की दिएको आरोपमा दुई युवा पक्राउ
    images

    काठमाडौं । ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ ।

    लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो ।

    असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक निराजन बस्नेतले बताएका छन् । सन्तोष र सन्देश एकाघरका दाजुभाई हुन् ।

    राईद्वयलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरभन्दा करिब ४० मिटर पर दाउराको थुप्रोमा लुकाइएको अवस्थामा एक थान भरुवा बन्दुक, खैरो व्यागभित्र डब्बामा फलामको १४५ थान टुक्रा, गोलो आकारको चार थान फलाम र सेतो रंगको फलामको १४ वटा टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

    राईद्वयलाई जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्वन्धी कसूरमा हिरासतमा राख्ने म्याद अनमति लिएर अनुसन्धान अघि बढाइएको छ ।  

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १२:१२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij