२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कपडा, जुत्ता र साडी भनेर भन्सारसमेत जाँचपास भइसकेको कार्गो बाकसबाट प्रहरीले विभिन्न प्रकारका तयारी सुनका गहनाहरू फेला पारेको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार असार १६ गते साँझ साढे ५ बजे कार्गो कम्प्लेक्स भवनमा एक्स-रे जाँच गर्दा उक्त सुन बरामद भएको हो।
सुन बरामद भएपछि प्रहरीले कार्गो ढुवानीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेका छन्। भन्सार पास भएपछि एक्स–रेमा समातियोतस्करहरूले मेनफिस्ट नम्बर एएमएस एपी ३२१ भएको कार्गो बाकसमा जुत्ता र साडी लुकाएको दाबी गरेका थिए। प्रहरी स्रोतका अनुसार उक्त सामान विमानस्थल भन्सारबाट जाँचपास भइसकेको थियो। तर, अन्तिम सुरक्षा जाँचका क्रममा एक्स–रे मेसिनले शंकास्पद वस्तु देखाएपछि खोतल्दा सुनका गहनाहरू फेला परेका हुन्। सामानका मुख्य धनी भने यसअघि नै अमेरिका पुगिसकेको प्रहरीले जनाएको छ।
कपडा भनिएको बाक्साबाट २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थान, त्रिशुल १ थान, नेक्लेस गोलावा ४ थान, नेक्लेस चारपाटे ९ थान, काँडावाला चुरा २६ थान, यार्लिङ सहितको शिरबन्दी ३ सेट, झुम्का ३ जोर, तिलहरी ४ थान र सिक्री १ थान बराद भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij