२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भारत सरकारले भारतीय विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्ष थप गरेको छ। नरेन्द्र मोदी सरकारको हिजो बुधबारको निर्णयअनुसार कार्यकाल थप भएको हो।
उनको नियमित कार्यकाल जुलाई १४ मा सकिँदै थियो। अनिवार्य अवकासमा जानुअघि नै मोदी मन्त्रिपरिषदले कार्यकाल लम्ब्याउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुई वर्षअघि जुलाई महिनामै भारतीय विदेश सेवाको सर्वोच्च पदमा नियुक्त भएका उनी त्यसअघि उप राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा कार्यरत थिए।
नेपालको राजनीतिक वृत्तमा विदेश सचिव मिश्रीको कार्यकाल थपलाई चासोका साथ हेरिएको छ। गत वैशाख ३० र ३१ गते उनी औपचारिक नेपाल भ्रमणमा आउने तयारी थियो। नेपाल(भारत दुई पक्षीय संयन्त्रका बैठक तथा राजनीतिक भेटवार्ताका लागि उनी काठमाडौं आउने तयारी थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij