Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतीक्षासँगको प्रेममा परेपछि नेपाली ब्रोले ईश्वरीको हत्या गरेको खुलासा, यस्तो छ कुमारले दिएको बयान

प्रतीक्षासँगको प्रेममा परेपछि नेपाली ब्रोले ईश्वरीको हत्या गरेको खुलासा, यस्तो छ कुमारले दिएको बयान


  • 3.4K
    Shares

    प्रतीक्षासँगको प्रेममा परेपछि नेपाली ब्रोले ईश्वरीको हत्या गरेको खुलासा, यस्तो छ कुमारले दिएको बयान
    images

    काठमाडौं । ईश्वरी भुजेलको हत्या अभियोगमा उनका पति नेपाली ब्रो भन्ने कुमार थापा मगरसहित चार जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। प्रहरी वृत्त बालाजुले नुवाकोटको तारकेश्वर गाउँपालिका ४ घर भएका ३८ वर्षीय कुमारसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

    कुमारका भाइ विक्रम थापा मगर, जुम्लाकी प्रतीक्षा आचार्य र काठमाडौँको बालाजुका पुजन थापा क्षेत्रीलाई हत्या अभियोगमा सजाय माग गरिएको छ।

    २०८३ जेठ २२ गते राति कुमारले चक्कु प्रहार गरेर ईश्वरीको हत्या गरेका थिए। ईश्वरी नेपाली सेनाकी जमदार हुन्। उनी जागिरबाट घर फर्किंदै थिइन्। उनी नेपाली सेनाको सैनिक ब्यान्ड नारायणहिटीमा कार्यरत थिइन्। 

    ईश्वरी र कुमारको सम्बन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन छ। ईश्वरीले सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दायर गरे पनि कुमारले मानेका थिएनन्। जिल्ला अदालत काठमाडौँले त्यसलाई मेलमिलापका लागि पठाइदिएको थियो। 

    तर कुमार र ईश्वरीबिच केही वर्ष पहिलेदेखि नै विवाद देखिएको छ। प्रहरीका अनुसार विवादको कारण यही मुद्दाकी सहप्रतिवादी प्रतीक्षा आचार्य देखिएकी छन्। कुमार प्रतीक्षासँग प्रेम सम्बन्धमा थिए। यही कारण कुमार र ईश्वरीको झगडा प्रहरी कार्यालयसम्म पुगेको थियो। कुमारले ईश्वरीलाई कुटपिट गर्नुका साथै मानसिक यातना दिएको प्रहरीको निष्कर्ष छ। 

    बयानका क्रममा पनि कुमारले प्रतीक्षासँगको प्रेम सम्बन्ध र ईश्वरीको हत्या गर्ने योजनाबारे खुलासा गरेका छन्। त्यसदिन पनि सुरुमा कुमार घर पुगेका थिए। तर ईश्वरी घर पुगिसकेकी थिइनन्। त्यसपछि कुमार ईश्वरीको हत्या गर्न बाटो ढुकेर बसेका थिए। 

    प्रतीक्षा भने त्यतिबेला घटनास्थलमा थिइनन्। तर उनकै कारण घर झगडा भएको र पटकपटक मिलापत्र गर्दा पनि कुमारबाट अलग नभएको पाइएको छ। उनी कुमारको नुवाकोटस्थित घरमै गएर बसेको पनि खुलासा भएको छ।
     
    प्रतीक्षासँगको सम्बन्धकै कारण कुमारले ईश्वरीको हत्या गरेको आरोप जाहेरीमा पनि लगाइएको छ। उनका भाइ विक्रम थापा मगरले ईश्वरीलाई तह लगाउन भन्दै उक्साएको आरोप छ। त्यसका लागि उनले कति खर्च लाग्छ म दिन्छु भनेको पनि जाहेरीमा उल्लेख छ। उनले कुमार र प्रतीक्षाको अनैतिक सम्बन्ध बारे थाहा पाए पनि त्यसलाई सल्टाउनको सट्टा प्रश्रय दिएको जाहेरीमा आरोप लगाइएको छ। 

    bro-1_hx6dKeZerQ.jpgbro-2_MVK9XBIaYj.jpgbro-3_dsLljCwn73.jpgbro-4_L4PJ8keWci.jpgbro-5_0LMM0mf6fc.jpg

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - २२:२०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij