Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ


  • 1.4K
    Shares

    बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ
    images

    बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

    मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको हो।

    प्रहरीले ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोत्तान र ४२ वर्षीया निर्मला वाइवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं  प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

    महिलाहरुले मङ्गलबार बालबालिकामाथि कुटपिट गरेका थिए। कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चारै जनालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक घलेले बताए।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - २२:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij