Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता

पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता


  • 1.4K
    Shares

    पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता
    images

    काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारबाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो । 

    काउन्सिलले भोटाहिटीस्थित साइबर ब्युरोमा दिएको उजुरीमा उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा। दिपेन्द्र पाण्डेको तस्विर अनधिकृत रूपमा प्रयोग गरी भ्रामक र निन्दनीय पोस्ट गरेको जिकिर गरिएको छ । उक्त पोस्टमा उपाध्यायले नक्कली डाक्टर भन्दै आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गर्ने भन्दै निमित्त रजिष्ट्रार र काउन्सिलका अन्य पदाधिकारीविरुद्ध गालीगलौज गरेको दाबी गरिएको छ।

    नेपाल मेडिकल काउन्सिलका अनुसार, काउन्सिलमा दर्ता नभएका व्यक्तिहरूले एलोप्याथी औषधि लेख्ने र रेडियोलोजिष्टले गर्ने एमआरआई जस्ता विशेषज्ञ कार्यहरू गरेको उजुरी परेपछि काउन्सिलले छानबिन गरेको थियो । 

    काउन्सिलले आफ्नो नियमित नियमनकारी र कानुनी प्रक्रिया अन्तर्गत गरेको कार्यलाई पूर्वसचिव उपाध्यायले व्यक्तिगत रिसइबीको रूपमा चित्रण गर्दै साइबर बुलिङ गरेको उजुरीमा उल्लेख छ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १७:३८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij