Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन


  • 1.5K
    Shares

    शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छन् ।  काठमाडौं महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उहाँले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन् । 

    शान्ति बाटिकामा रहेको संरचना हटाउन कुनै कानूनी समस्या नरहेको उनको भनाई छ । शान्तिबाटिकमा गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरु हटाएर वडाअध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिएकी छन् । उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छन । 

    उनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारी सम्मानमा ढिलाई नगर्न निर्देशन दिएको हो । उनले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिएकी छन । उनले कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताएकी छन्। उनले जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा गरिएको जानकारी दिएकी छन ।

    उनले भनिन्, ‘कर्मचारीको सम्मानको विषय जे जे कारणले रोकिएको भएपनि अब यो कर्मचारीको सम्मानको कार्यक्रमलाई अगाडि बढाउनु होला । कार्यकारी प्रमुख प्रशासकीय अधिकृतज्युलाई मैले निर्देशन दिएँ । शान्ति बाटिकाको विषय आएको छ, त्यो स्ट्रक्चर यथासम्भव आजै हटाए पनि हुन्छ । त्यहाँ कानूनी रुपमा कुनैपनि व्यवधान छैन । त्यो कामलाई आजै कार्यान्वयन गरेर तस्बिरसहित हामीलाई अपडेट गराउनुहोला, वडा अध्यक्षज्यूलाई पनि गराउनु होला ।’  

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १६:५८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij