२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ।
डा। चेतना पौडेलसमेत जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गरेको थियो। रिटमार्फत काउन्सिलको अधिकारक्षेत्रमाथि समेत प्रश्न उठाइएको थियो।
उच्च अदालतको फैसलासँगै आधुनिक चिकित्सा (एलोपेथी) को अभ्यास, नियमन तथा त्यससम्बन्धी कानुनी अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको स्पष्ट भएको छ।
अदालतको निर्णयले नेचुरोपेथीलगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा निदान र उपचारसम्बन्धी क्षेत्रमा हस्तक्षेप गर्न नपाउने कानुनी व्यवस्थालाई थप पुष्टि गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij