Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

४४ अंक बढ्यो शेयर बजार

४४ अंक बढ्यो शेयर बजार


  • 1.8K
    Shares

    ४४ अंक बढ्यो शेयर बजार
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ४४.५९ अंकले बढेर २,६५२ को विन्दुमा कायम भएको छ । 

    आज २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६२ कम्पनीको ९५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ १.१४, विकास बैंक १.१५, फाइनान्स १.४९, होटल तथा पर्यटन १.६६, जलविद्युत् २.४२, लगानी १.६५, जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन २.३४, माइक्रोफाइनान्स १.११, निर्जीवन बीमा २.०३, अन्य १.७६ तथा व्यापार २.६० प्रतिशत बढेको छ ।

    हालै सूचीकृत स्नो रिभर्सको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै सीवाईसी लघुवित्तको १४.२२, भुजुङ हाइड्रोपावरको १३.९०, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.७३, मिडसोलु हाइड्रोपावरको ९.३७, सामुदायिक लघुवित्तको ९.०५, याम्बलिङ हाइड्रोपावरको ८.२५ तथा रिलायन्स स्पिनिङ मिल्सको ६.६२ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    nepse.JPG

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १५:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij