Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आयल निगमले मूल्य घटाएपछि पेट्रोल पम्पहरूमा लाग्यो उपभोक्ताको ओइरो

आयल निगमले मूल्य घटाएपछि पेट्रोल पम्पहरूमा लाग्यो उपभोक्ताको ओइरो


  • 1.2K
    Shares

    आयल निगमले मूल्य घटाएपछि पेट्रोल पम्पहरूमा लाग्यो उपभोक्ताको ओइरो
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेसँगै देशभरका पेट्रोल पम्पहरूमा उपभोक्ताको उल्लेख्य भिड देखिएको छ। 

    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाउने निर्णय गरेको हो। निगमको नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ। 

    मूल्य घटेलगतै सस्तो दरमा इन्धन भर्नका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका पेट्रोल पम्पहरूमा बिहानैदेखि सवारी साधनको लामो लाइन र उपभोक्ताको भिड लागेको छ।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १५:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij