२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली भूमिको रक्षा र आफ्नो पहिचानको माग गर्दै नवलपरासीको सीमावर्ती क्षेत्र सुस्ताका स्थानीय बासिन्दाहरू काठमाडौँको माइतीघर मण्डलामा आन्दोलित भएका छन्।
राज्यसँग नेपाली नागरिकता र सुस्ता क्षेत्रको स्थायी सीमा सुरक्षाको माग गर्दै उनीहरू काठमाडौँ आएर प्रदर्शनमा उत्रिएका हुन्। आफ्नो आन्दोलनलाई थप प्रतीकात्मक र सशक्त बनाउन सुस्ताबासीले प्रदर्शन स्थल माइतीघरमा सुस्ताको माटोसमेत ल्याएर प्रदर्शन गरेका छन्।
माइतीघर मण्डलामा सुस्ताबासीको यो दोस्रो दिनको विरोध प्रदर्शन हो। वर्षौँदेखि नेपाली भूमि सुस्तामा बस्दै आए पनि अझै धेरै स्थानीय बासिन्दाहरू नागरिकता पाउनबाट वञ्चित रहेका छन्। नागरिकता नहुँदा सरकारी सेवा सुविधा, शिक्षा र रोजगारीबाट वञ्चित हुनुपरेको र भारतीय पक्षबाट हुने सीमा अतिक्रमणको चपेटामा सधैँ परिरहनुपरेको गुनासो आन्दोलनकारीहरूको छ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij