Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

विद्यालयबाट हराएकी बालिकाको खोलामा भेटियो शव

विद्यालयबाट हराएकी बालिकाको खोलामा भेटियो शव


  • 1.9K
    Shares

    विद्यालयबाट हराएकी बालिकाको खोलामा भेटियो शव
    images

    काठमाडौं । कैलालीमा विद्यालयबाट बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-२ को जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया बालिका मनिषा बिक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहानतिर रोरा खोलाको किनारमा मनिषाको शव फेला परेको जानकारी दिएका छन् ।

    उनका लम्कीचुहा नगरपालिका–४ अम्मरपुरका विकास कामीकी छोरी मनिषा जनचेतना माध्यमिक विद्यालयमो शिशु कक्षामा अध्ययनरत थिइन् । बिहान ७ बजेतिर अभिभावकले विद्यालयमा छाडेका थिए ।

    उनी विद्यालयबाटै हराएकी थिइन् । बालिका विद्यालयबाट हराएको र घर तथा आफन्तको सम्पर्कमा पनि नरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्द नेतृत्वको टोली खोजी गरेको थियो । प्रहरी निरीक्षक कबिराज रोकायाको नेतृत्वमा थप प्रहरी टोली पनि खोजीमा खटिएको थियो ।

    मंगलबार पानी परेका कारण स्थानीय नदी तथा खोलामा बाढी आएको थियो । दैनिक ११ बजे बालिकालाई लैजान उनका अभिभावक विद्यालयमै आउने गरेका थिए ।

    मंगलबार भने विद्यार्थी न्यून भएको भन्दै १० बजेतिर बिदा गरिएको थियो । बालिका बिदा भएपछि एक्लै घरतर्फ हिडेपछि खोला तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १४:३४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij