Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

त्रिशूलीमा हाम फाल्न खोजेका ३२ वर्षीय युवकको उद्धार

त्रिशूलीमा हाम फाल्न खोजेका ३२ वर्षीय युवकको उद्धार


  • 1.6K
    Shares

    त्रिशूलीमा हाम फाल्न खोजेका  ३२ वर्षीय युवकको उद्धार
    images

    काठमाडौं । तनहुँको आबुखैरेनीबाट त्रिशूलीमा हाम फाल्न खोजेका एक जना युवकलाई प्रहरीले उद्धार गरेको छ । 

    आबुखैरेनी-४ स्थित पुरानो मुग्लिङ पुलको लट्ठाबाट त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले बताएका छन् ।

    इलाका प्रहरी कार्यालय आबुखैरेनी र अस्थायी प्रहरी पोष्ट पुलजिपको टोलीले ३२ वर्षीय युवकको उद्धार गरेको हो । मानसिक रूपमा विक्षिप्त रहेका युवक दाङका हुन् । 

    उनले  आफ्नो नामक कहिले आशिष र कहिले दीपक बताउने गरेका छन् । उनी सो क्षेत्रमा ज्याला मजदुरी काम गरेर बस्दै आएका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय आबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।  

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १४:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij