Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मूल्य घटेकै दिन देशभर पेट्रोलको अभाव, पम्पहरूमा 'नो पेट्रोल' को बोर्ड

मूल्य घटेकै दिन देशभर पेट्रोलको अभाव, पम्पहरूमा 'नो पेट्रोल' को बोर्ड


  • 1.6K
    Shares

    मूल्य घटेकै दिन देशभर पेट्रोलको अभाव, पम्पहरूमा 'नो पेट्रोल' को बोर्ड
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय बजार अनुकुल पेट्रोलियम पदार्थको मूल्य घट्ने निश्चित भएपछि नोक्सानीबाट बच्न पेट्रोल पम्पहरूले डिपोबाट इन्धन नउठाउँदा काठमाडौं उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको अभाव देखिएको छ।

    देशभरका धेरै पेट्रोल पम्पहरूले ‘पेट्रोल छैन’ भन्ने बोर्ड टाँसेर बिक्री वितरण बन्द गरेका छन्। नेपाल आयल निगमले मङ्गलवार मात्रै स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँको दरले मूल्य घटाएको थियो। 

    निगमको नियम अनुसार प्रत्येक अङ्ग्रेजी महिनाको १५ तारिख र अन्तिम दिनमा अन्तर्राष्ट्रिय बजारको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन गर्ने व्यवस्था रहेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकाले नेपाली बजारमा पनि मूल्य घट्ने निश्चित जस्तै थियो।

    यस्तो अवस्थामा पहिलेकै महँगो दरमा धेरै इन्धन किनेर भण्डारण गर्दा पछि ठुलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने डरले पम्प व्यवसायीहरूले मङ्गलवार डिपोबाट इन्धन नउठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन्। 

    बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेर अनुगमन गरिरहेको छ । उक्त टोलीले सम्बन्धित पेट्रोल पम्पमा जाने र बन्द भएको वा इन्धन वितरण नगरेको पाइए तत्कालै सिल गर्ने कार्यादेश पाएका छन् ।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १४:०९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij