Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

संसदमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन

संसदमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन


  • 1.2K
    Shares

    संसदमा उठेका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन
    images

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । 

    बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन् । राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएपनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो । 

    अध्यक्ष दाहालले भने,‘ राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शुन्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु ।’

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १३:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij