Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै

छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै


  • 1.1K
    Shares

    छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
    images

    काठमाडौं । औषधिको मूल्य वृद्धिलाई लिएर छानबिनमा रहेका औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा हाजिर गर्दै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ढकालले मन्त्रालयमा नियमित हाजिर गर्दै आएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले ढकाललाई निलम्बन गरिएको नभई छानबिनको मात्रै विषय भएकाले हाजिर गर्दै आएको बताएका छन् ।

    थप अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरे पनि सो समितिले आफूले पत्र नै प्राप्त नगरेको बताएका छन् । स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे थप निर्णय गर्न ढिलाइ गरेको देखिन्छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १६ गते यसबारे उजुरी प्राप्त भएको र अनियमित तरिकाले मूल्य वृद्धि गर्ने काममा को कसको संलग्नता भएको हो । यस विषयमा प्रधानमन्त्री कार्यालयले चासो लिएको भने कुनै निर्णय सार्वजनिक भएको छैन । ढकालमाथि अनियमित तरिकाले औषधिले मूल्यवृद्धि गरिएको विषयमा उजुरी परेको थियो ।  

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १३:३१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij