Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण, आजै पहिलो बैठक बस्दै

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण, आजै पहिलो बैठक बस्दै


  • 1.1K
    Shares

    रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यद्वारा शपथ ग्रहण, आजै पहिलो बैठक बस्दै
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन् ।

    गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

    शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिरहेका छन् ।

    त्यस्तै आज नै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । उक्त बैठकले मनोनित हुने ५१ जनाको विषयमा छलफल गर्ने बताइएको छ । रास्वपाको सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन् ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १३:००:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij