Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

चिया धेरै पिउनुहुन्छ ? तपाईंका लागि खुसीको समाचार

चिया धेरै पिउनुहुन्छ ? तपाईंका लागि खुसीको समाचार


  • 10.9K
    Shares

    • images
    चिया धेरै पिउनुहुन्छ ? तपाईंका लागि खुसीको समाचार
    images

    के तपाईं पनि त्यस्तै एक व्यक्ति हो, जसलाई चिया नभइ हुँदैन ? अर्थात् चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो भने बिमार भइन्छ, कम गर ! तर, यहाँ हामीले चिया पिउने व्यक्तिका लागि खुसीको समाचार लिएर आएका छौं ।

    एक खोजका अनुसार धेरै चिया पिउने व्यक्ति कम चिया पिउनेको तुलनामा काममा धेरै फोकस हुने तथा क्रियटिभ हुने गर्छन् । चिया पिउनाले एकाग्रता बढ्ने खोजबाट पत्ता लागेको छ । धेरै चिया पिउने व्यक्तिमा मानसिक स्पष्टता समेत राम्रो हुने गरेको रिसर्चबाट पत्ता लागेको छ । चिया पिउनाले मानिसमा क्रिएटिभिटी बढ्न जान्छ ।

    खासगरेर चियामा क्याफिन र थियनाइन उपलब्ध हुन्छ । जसले मानषिक अलर्टनेस बढाउने गर्छ । फूड क्वालिटी एण्ड प्रिफरेन्स जर्नलमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार एक कप चिया पिएपछि कुनै पनि व्यक्तिले आफ्ना मानषिक चुस्तता महसूस गर्न सक्छन् ।

    मनोवैज्ञानिकहरुको टीमले ५० जना विद्यार्थीमा यसको रिसर्च गरेका हुन् । रिसर्चमा सहभागी विद्यार्थीको उमेर २३ साल थियो । आधा विद्यार्थीलाई पिउनका लागि चिया दिइयो भने आधालाई चिया । त्यसपछि पत्ता लाग्यो कि चिया पिउने विद्यार्थीमा रचनात्मक क्षमता (क्रिएटिभिटी) बढी देखियो ।

    प्रकाशित मिति :जेठ २१ २०७८ शुक्रवार - ०७:५६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij