Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मुग्लिन-नारायणगढ सडक खुल्यो: तुइनखोलाको सुक्खा पहिरो एक घण्टाभित्रै पन्छाइयो

मुग्लिन-नारायणगढ सडक खुल्यो: तुइनखोलाको सुक्खा पहिरो एक घण्टाभित्रै पन्छाइयो


  • 1.3K
    Shares

    मुग्लिन-नारायणगढ सडक खुल्यो: तुइनखोलाको सुक्खा पहिरो एक घण्टाभित्रै पन्छाइयो
    images

    काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा आज (बुधबार) बिहान सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ।

    आज बिहान करिब १०:४० बजे तुइनखोलामा अचानक सुक्खा पहिरो खसेपछि सडक दुवैतर्फ पूर्ण रूपमा बन्द भएको थियो। सडक अवरुद्ध भए लगत्तै सडक डिभिजन भरतपुरले तत्काल हेभी मेसिनहरू परिचालन गरी पहिरो पन्छाउन सुरु गरेको थियो। सडक डिभिजन भरतपुरका अनुसार तदारुकताका साथ काम गरी पहिरो खसेको १ घण्टाभन्दा कम समयमै सडक खुलाउन सफलता मिलेको हो। 

    डिभिजनले आज बिहान ११:१५ बजे आधिकारिक सूचना जारी गर्दै पहिरो पूर्ण रूपमा पन्छाएर यातायात सुचारु गरिएको जानकारी दिएको छ।अहिले सो सडकखण्डमा रोकिएका सवारी साधनहरू पालैपालो आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - ११:३८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij