Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक

परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक


  • 1.5K
    Shares

    परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
    images

    काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको एक हप्तामै नतिजा सार्वजनिक गरेको छ ।

    विश्वविद्यालयले समय सापेक्ष गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्य राखेको थियो । सोही अनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टिज) का अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।

    विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एण्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एण्ड टेक्नोलोजी) का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेशन एण्ड सोसिएल साइन्स) संकायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेको थियो । कक्षा सञ्चालन भएपछिको यो तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल हो ।

    प्रकाशित परीक्षाफल अनुसार शिक्षा तथा सामाजिक विज्ञान संकायमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार व्यवस्थापन र कानुन संकायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान संकायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १०:४४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij