Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नागढुंगा सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने, सुरक्षा सवारीको परीक्षण सफल

नागढुंगा सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने, सुरक्षा सवारीको परीक्षण सफल


  • 1.0K
    Shares

    नागढुंगा सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने, सुरक्षा सवारीको परीक्षण सफल
    images

    काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सञ्चालनअघि गर्नुपर्ने आवश्यक प्राविधिक तयारीअन्तर्गत सुरुङमार्गमा प्रयोग हुने अपरेसनल तथा मेन्टिनेन्स सवारीसाधनको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको हो ।

    परीक्षणका क्रममा सुरुङभित्र नियमित निरीक्षण, मर्मतसम्भार, सरसफाइ, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन र उपकरणको कार्यसम्पादन जाँच गरिएको थियो । सुरुङ सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत भइरहेको छ ।

    जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ ।सुरुङमार्ग सञ्चालनमा आएपछि सुरुवाती चरणमा निश्चित मापदण्डअनुसार सवारीसाधनलाई प्रवेश दिइनेछ । सुरुङभित्र गति सीमा, सवारीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइनेछ । सुरुङको सञ्चालन, निगरानी र आपत्कालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - १०:३४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij