Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रुकुमपूर्वमा १४ जना सवार यात्रुवाहक जिप दुर्घटना, उद्धार कार्य जारी

रुकुमपूर्वमा १४ जना सवार यात्रुवाहक जिप दुर्घटना, उद्धार कार्य जारी


  • 1.6K
    Shares

    रुकुमपूर्वमा १४ जना सवार यात्रुवाहक जिप दुर्घटना, उद्धार कार्य जारी
    images

    रुकुमपूर्व । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । लु१ज ४६२४ नम्बरको जिप सिस्ने गाउँपालिका–४ स्थित झाक्रीपोले क्षेत्रमा दुर्घटना भएको हो ।

    स्थानीयका अनुसार उकालो सडकमा चढ्ने क्रममा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालकसहित १४ जना सवार रहेको खुलेको छ ।

    दुर्घटनामा परी धेरै जना घाइते भएको स्थानीयले बताएका छन् । यद्यपि घाइतेको यकिन संख्या तथा उनीहरूको अवस्था खुलेको छैन । घटनास्थलमा स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको प्रहरीले जनाएको । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - ०७:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij