२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकामाथि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। संसद बैठक प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लागेपछि केही समयका लागि बैठक सञ्चालनको जिम्मा गंगालक्ष्मी अवाललाई दिइएको विषय अहिले चर्चामा रहेको छ।
यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले “योग्यता मात्र भएर हुँदैन, क्षमता पनि चाहिन्छ” भन्दै नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् भने केहीले महिलामाथि अनावश्यक आलोचना गरिएको टिप्पणी गरेका छन्।
उपसभामुख चयनकै समयमा आफूले क्षमता र अनुभवको विषय उठाएको भन्दै कतिपय व्यक्तिहरूले अहिलेको घटनालाई त्यसैको पुष्टि भएको दाबी गरेका छन्। उनीहरूका अनुसार संसदजस्तो गरिमामय संस्थामा जिम्मेवारी सम्हाल्न व्यक्तिको कार्यक्षमता महत्वपूर्ण हुने बताएका छन्।
यद्यपि, धेरैले आलोचना गर्दा व्यक्तिको जात, क्षेत्र वा लैंगिक पहिचानभन्दा पनि कार्यसम्पादनलाई आधार बनाउनुपर्ने धारणा राखेका छन्। संसद बैठक सञ्चालनका क्रममा देखिएको अवस्थाबारे अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij