Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

२८ वर्षीया सन्तोषी दुई दिनदेखि बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह

२८ वर्षीया सन्तोषी दुई दिनदेखि बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह


  • 2.2K
    Shares

    २८ वर्षीया सन्तोषी दुई दिनदेखि बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह
    images

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेल (बन्दीपुर बजार) निवासी २८ वर्षीया सन्तोषी श्रेष्ठ विगत दुई दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । उहाँको खोजी कार्य जारी रहे पनि मङ्गलबार साँझसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ ।

    परिवारका अनुसार सन्तोषी आइतबार साँझदेखि परिवारको सम्पर्कबाहिर रहनुभएको हो । उहाँले प्रयोग गर्दै आउनुभएको बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर तनहुँ र चितवनको सीमास्थित देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो ।

    स्कुटर भेटिएपछि उहाँ हराइरहेको पुष्टि भएको परिवारजनले बताएका छन् । स्कुटर फेला परे पनि हालसम्म उहाँको अवस्था र अवस्थितिका सम्बन्धमा कुनै जानकारी प्राप्त हुन सकेको छैन । उहाँको मोबाइल फोनसमेत बन्द रहेको र विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास असफल भएको परिवारले जनाएको छ ।

    सन्तोषीका बुबा कृष्णकुमार श्रेष्ठ र आमा ईश्वरी श्रेष्ठसहित परिवारका सदस्य यतिबेला गहिरो चिन्ता र मानसिक तनावमा छन् । छोरीको खोजीमा परिवारजन सम्भावित सबै स्थानमा पुगिरहेका छन् भने सकारात्मक खबरको प्रतीक्षामा छन् ।

    चितवनको भरतपुर अस्पतालमा बीएससी नर्सिङ तेस्रो वर्षमा अध्ययनरत सन्तोषीकी दिदी नारायणी श्रेष्ठले बहिनी एक्कासि सम्पर्कविहीन भएपछि परिवार ठूलो पीडामा रहेको बताउनुभयो । उहाँले सम्भावित सबै क्षेत्रमा खोजी गरिए पनि हालसम्म कुनै सुइँको नपाइएको उल्लेख गर्नुभयो ।

    यस्तै, सन्तोषीका मितदाइ रोशन थापाले देवघाट आसपासका क्षेत्र तथा अन्य सम्भावित स्थानमा प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्यलाई तीव्र बनाइएको जानकारी दिनुभयो ।

    प्रहरी तथा आफन्तले खोजी कार्यलाई तीव्रता दिएका छन् । सन्तोषी श्रेष्ठलाई कतै देख्नुभएमा वा उहाँका सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा परिवारजनको मोबाइल नम्बर ९८५५०५९८५३ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 

    प्रकाशित मिति :आषाढ १७ २०८३ बुधवार - ०५:४२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij