Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री यादवको गाडीबाट पनि हटाइयो कालो सिसा

गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री यादवको गाडीबाट पनि हटाइयो कालो सिसा


  • 1.3K
    Shares

    गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री यादवको गाडीबाट पनि हटाइयो कालो सिसा
    images

    काठमाडौं । सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा तथा पारदर्शीताका लागि चालेको कदम अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीमा रहेको कालो सिसा हटाइएको छ। 

    मन्त्रालयका कर्मचारीहरूले मन्त्री यादवले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सहजतालाई ध्यानमा राख्दै सबै विशिष्ट व्यक्तिहरूको गाडीबाट कालो सिसा हटाउन कडा निर्देशन दिएका थिए। 

    सोही निर्देशनको पालना गर्दै सोमबार गृहमन्त्री गुरुङकै गाडीको कालो सिसा समेत हटाइएको थियो। गृहमन्त्रीको उक्त कदम र निर्देशन लगत्तै अन्य मन्त्री तथा विशिष्ट व्यक्तिहरूले पनि आफ्नो गाडीको कालो सिसा हटाउन सुरु गरेका छन्। 

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १७:३५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij