Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी


  • 1.5K
    Shares

    साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी
    images

    काठमाडौं । साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।

    साउदी अरबको यो कदमप्रति नेपाल सरकारले साउदी अधिराज्यको सरकारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी सरकारको यस प्रकारको निर्णयले नेपाल र साउदी अरबबिच लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धलाई झल्काएको उल्लेख गरेको छ ।

    रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा साउदी सरकारले यी कैदीहरूलाई आममाफी दिएको हो । आममाफी पाएका ३३ जना नेपालीहरू साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा भएलगत्तै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १७:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij