Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

केन्द्रीय सदस्यबाट नाम हटेपछि रास्वपा नेता शर्मा पुगे निर्वाचन आयोग

केन्द्रीय सदस्यबाट नाम हटेपछि रास्वपा नेता शर्मा पुगे निर्वाचन आयोग


  • 1.6K
    Shares

    केन्द्रीय सदस्यबाट नाम हटेपछि रास्वपा नेता शर्मा पुगे निर्वाचन आयोग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् । प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट आफ्नो नाम हटेपछि शर्माले आयोगमा उजुरी दिएका हुन् ।

    उनले मंगलबार गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट आफ्नो नाम हटाउनुको कारण जवाफ दिएर सूची फेरि सच्याउन माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।

    चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर पाँचौं स्थानभन्दा माथिको मत परिणामलाई नै उल्ट्याउने गरी गरिएको परिमार्जित निर्णयले विधानको मर्म, विधायकी मनसाय तथा विधानको दफा २२ (४) को व्यवस्था र निर्वाचनको आधारभूत सिद्धान्तसँग मेल नखाने शर्माले उजुरीमा उल्लेख गरेका छन् ।

    यसअघि महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको थियो ।

    सूची सच्याउने क्रममा आयोगबाट कृष्णमान श्रेष्ठसँगै सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाइएको थियो । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १७:१७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij