Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

केन्द्रीय सदस्यबाट नाम हटेपछि रास्वपा नेता शर्मा पुगे निर्वाचन आयोग

केन्द्रीय सदस्यबाट नाम हटेपछि रास्वपा नेता शर्मा पुगे निर्वाचन आयोग


  • 1.8K
    Shares

    केन्द्रीय सदस्यबाट नाम हटेपछि रास्वपा नेता शर्मा पुगे निर्वाचन आयोग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्माले केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन् । प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूचीबाट आफ्नो नाम हटेपछि शर्माले आयोगमा उजुरी दिएका हुन् ।

    उनले मंगलबार गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट आफ्नो नाम हटाउनुको कारण जवाफ दिएर सूची फेरि सच्याउन माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।

    चौथो उच्च मत प्राप्त उम्मेदवारलाई हटाएर पाँचौं स्थानभन्दा माथिको मत परिणामलाई नै उल्ट्याउने गरी गरिएको परिमार्जित निर्णयले विधानको मर्म, विधायकी मनसाय तथा विधानको दफा २२ (४) को व्यवस्था र निर्वाचनको आधारभूत सिद्धान्तसँग मेल नखाने शर्माले उजुरीमा उल्लेख गरेका छन् ।

    यसअघि महाधिवेशनमा उम्मेदवारहरूबाट नै बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको थियो ।

    सूची सच्याउने क्रममा आयोगबाट कृष्णमान श्रेष्ठसँगै सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाइएको थियो । उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १७:१७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij