Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ड्रोन उडाएका दुई नेपाली युवालाई चिनियाँ सेनाले लियो नियन्त्रणमा

ड्रोन उडाएका दुई नेपाली युवालाई चिनियाँ सेनाले लियो नियन्त्रणमा


  • 1.8K
    Shares

    ड्रोन उडाएका दुई नेपाली युवालाई चिनियाँ सेनाले लियो नियन्त्रणमा
    images

    काठमाडौं । काठमाडौंबाट चीनको सीमानामा घुम्न गएका दुई जना युवालाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । 

    असार ११ मा काठमाडौंका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगर चीनसँग सीमा जोडिएको लप्ची तर्फ लागेका थिए। काठमाडौंबाट दोलखाका बिगु गाउँपालिका वडा नम्बर–१ हुँदै उनीहरू लप्ची पुगेका हुन् ।

    सीमानामा ड्रोन उडाएको आरोपमा उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको सूचना आएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताएका छन्।

    अहिले उनीहरूलाई न्यालम काउन्टीमा राखिएको छ । न्यालम काउन्टी सिन्धुपाल्चोकको सीमाबाट नजिक पर्ने हुनाले नेपालको अध्यागमन कार्यालय र सुरक्षा निकायले चिनियाँ काउन्टर पार्टस्‌सँग समन्वय गरिरहेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८३ मंगलवार - १६:२५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij