२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ ।
सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।
झन्डै दुई महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायीहरूले लिएका छन् ।
नेपाल चिया उत्पादक संघका अनुसार हिजो सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij